बिजखबर संबाददाता
२० भदौ,काठमाडौं । लायन्स क्लब अफ नेपाल हिमालयनले बृद्धाश्रमका २२५ बृद्धबृद्धालाई तीजको अबसर पारी दहर खुवाउँदै ब्लांकेट बितरण गरेको छ । हिमालयन केयर हेण्ड्स नेपालको प्रायोजनमा लायन्स क्लब अफ नेपाल हिमालयनले यो सहयोग बृद्धाश्रममा बितरण गरेको हो ।
जाडोको मौसम सुरु हुन लागेको तथा हरितालिका तीजको अबसर पारी शनिबार आश्रममा बसेका सबै बृद्ध बृद्धालाई एक एक वटा उनीको ब्लांकेट बितरण गरेको थियो । क्लबले यस अघि पनि भुकम्पबाट प्रभाबित क्षेत्रमा पनि राहत बितरण कार्य गर्नुका साथै उपत्यकाका बिभिन्न स्थानमा सरसफाई कार्यक्रमको आयोजना गरिसकेको छ ।
साथै तीजमा महिलाहरुले प्रयोगमा ल्याउने चुरा तथा कपडाहरु बितरण गरेको थियो । क्लवले असहाय बालबालिकाको लागि खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु बितरण गरिसकेको क्लबका अध्यक्ष केदार न्यौपानेले बताए । साथै बिभिन्न संस्थासँग सहकार्य गर्दै सेवाको क्षेत्रमा लागीपर्ने जानकारी दिए ।
कार्यक्रममा बिभिन्न लोक कलाकार तथा अन्य कलाकारले सांगितिक कार्यक्रमका साथै प्रहर्शन प्रस्तुत गरेका थिए । बृद्धाश्रममा रहेका बृद्धबृद्धा तीजका गीतमा नृत्य गर्दै रमाएका थिए ।