Logo

असार १५ पछि दैनिक १० हजारको पीसीआर परिक्षण गरिने, मेसिन किन्ने प्रक्रिया सुरु

असार १५ पछि दैनिक १० हजारको पीसीआर परिक्षण गरिने, मेसिन किन्ने प्रक्रिया सुरु



काठमाडौं । सरकारले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कारोना जाँच गर्ने भएको छ । सोमबार संघीय संसदको प्रतिनिधि सभामा बजेट विनियोजनमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका हुन । उनले यसका लागि अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए ।

मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको पीसीआर विधिबाट परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।

उनले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गरे । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्
MBL