Logo

गोदरेज नुपुर कोकोनट हिना क्रिम नेपालमा, चार रङमा उपलब्ध

गोदरेज नुपुर कोकोनट हिना क्रिम नेपालमा, चार रङमा उपलब्ध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१९ भदौ,काठमाडौं । गोदरेज कन्जुमर प्रोडक्ट्सले गोदरेज नुपुर कोकोनट हिना क्रिम नेपाली बजारमा ल्याएको छ । सो नुपुर कोकोनट हिना क्रिम हेयर कलर नरिवल तेलको पोषण र हिनाको कन्डिसनिङ्ग भएको पहिलो क्रिम हेयर कलर हो ।

गोदरेजले नुपुर कोकोनट हिना क्रिम चारवटा राम्रो कलरहरु बरगंडी, नेचुरल ब्राउन, डार्क ब्राउन र नेचुरल ब्ल्याक कलरमा उपलब्ध गराएको छ ।

यसको प्याकिंगमा पहिले नै नापेर राखेको हिना र डेभ्लोपरको स्यासे रहेको हुन्छ, जसलाई केवल प्लास्टिक वा गिलास बाउलमा मिसाएर लगाउन सकिन्छ । हेयर कलरको क्षेत्रमा गोदरेजको विभिन्न ब्राण्डहरु गोदरेज हेयर डाई, गोदरेज एक्स्पर्ट क्रिम, गोदरेज नुपुर हिनाले बजारमा वर्चश्व जमाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL