Logo

अन्ततः मंगलबार तयार हुने भयो लकडाउनको नयाँ मोडालिटी, यसरी खुल्ने भयो लकडाउन

अन्ततः मंगलबार तयार हुने भयो लकडाउनको नयाँ मोडालिटी, यसरी खुल्ने भयो लकडाउन



काठमाडौं । लकडाउन खुकुलो हुँदै गएपछि सरकारले मङ्गलबार थप मोडालिटी तय गरेर जनजीवन सहज बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने बताईएको छ ।

पछिल्लो समय जनजिवन सहज बन्दै गएपछि सवारी साधन आवतजावतमा केही कडाइ गरेर कार्यालय, बन्द व्यापार सञ्चालन गर्न प्रशासनले पहिलेजस्तो कडाइ गरेको छैन ।
सीसीएमसीले असार १ गतेदेखि लागु गर्न पाँच चरणको योजना तय गरेको थियो । आईतबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकमा पनि त्यही मोडालिटी प्रस्तुत भएको थियो ।

मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले केही संशोधनसहित सीसीएमसीले तयार पारेको मोडालिटीलाई नै कार्यरूप दिने तयारी गरेको बालुवाटार निकट स्रोतले बताएको छ ।
सीसीएमसीले आफ्नो मोडालिटीमा उद्योग व्यवसाय खोल्ने, अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिने लगायतका कुराहरु समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL