Logo

काठमाडौंमा दशैंअघि ३ वटा आकाशे पुल निर्माण सम्पन्न हुने, माइतीघरको आकाशेपुल भने असारभित्र सञ्चालनमा आउने

काठमाडौंमा दशैंअघि ३ वटा आकाशे पुल निर्माण सम्पन्न हुने, माइतीघरको आकाशेपुल भने असारभित्र सञ्चालनमा आउने



काठमाडौं । काठमाडौं महानगरले लकडाउनको अवधिमा आकाशे पुल निर्माणमा तीव्रता दिएको छ । महानगरले हाल निर्माणमा तीब्रता दिएसँगै चालु आव भित्र काठमाडौंको माईतीघरको आकाशे पुलको निर्माण सम्पन्न हुने भएको छ । यो आवमा माइतीघरसहित जयबागेश्वरी र चाबहिलमा गरि ३ ओटा आकाशे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि माईतीघरको आकाशे पुलको मात्रै निर्माण सम्पन्न हुने भएको छ ।

फागुन दोस्रो हप्ताभित्रै निर्माण सम्पन्न गर्ने बताएको माईतीघरको आकाशे पुलको काम भने अहिले आएर निर्माण चरणको अन्तिम अवस्थामा पुगेको महानगरले जानकारी दिएको छ । महानगरका अनुसार उक्त आकाशे पुलको नटबोल्ट लगाउने र रंगरोगनको कार्यमात्रै बाँकी रहेकाले चालु आवभित्रै ति पुल निर्माण सम्पन्न हुने छ ।

महानगरका शहरी बिकास पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाका अनुसार अब १० दिनमा सबै काम सम्पन्न हुनेछ । थापा बिभागमा आउँदा उक्त पुलको काम आधाभन्दा बढी नै बाँकी रहेको थियो । विश्वभर फैलिएको कोरोना भाईरसले नेपालमा समेत आक्रान्त बनाए पछि चैत ११ गते देखि सरकारले लकडाउन सुरु गरेको थियो ।

तर, महानगरले लकडाउनको अवधिमा पनि कामलाई जारी राख्दै यही असारभित्रै सम्पन्न गर्ने गरि तिव्रता बनाएपछि ३ ओटा आकाशे पुलमध्ये माईतीघरको पुल भने निर्माणको अन्तिम चरणमा रहेको छ । माइतीघरमा निर्माण भईरहेको उक्त पुलको काम भने कोसी बिल्डर्स मोरङले गरिरहेको छ । महानगरले कोसी बिल्डर्ससँग ६८ लाख ७३ हजार १ सय ५३ रुपैयाँमा सो पुल बनाउन सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार २०७६ मंसिरसम्ममा सक्ने गरी निर्माण सुरु भएको भएपनि ठेकेदारको लापरवाहीका कारण समयमै पुल निर्माण हुन सकेको थिएन । महानगरले निर्माण थालेको अन्य दुई स्थानमध्ये जयबागेश्वरी र चाबहिलको आकाशे पुलको लागि भने ठेक्का लागेर निर्माणको चरणमा गईसकेको छ ।
थापाका अनुसार एउटा पुल निर्माण गर्न करिब ३ महिनाको समय लाग्नेछ । यही असारबाट लकडाउन खुल्ने र वातावरण सहज भयो भने ति दुईओटा पुलको काम असोजमा सम्पन्न हुने छ । तर, अवस्था यस्तै रहे काम गर्न असहज हुने थापाको भनाई छ ।

सरकारले विकास निर्माणको कामलाई तीब्रता दिन बैशाख २५ पछि पासको व्यवस्था गरे पनि आफुहरुले सहजरुपमा पास नपाएको थापाले बताए । उनले भने, ‘पासको लागि हारगुहार गर्दा पनि पाईएन अनलाईनबाट फर्म भरेर पास मगाउँदा २० दिन लगाउँछन यस्ता अवस्था भए पछि कसरी काम सकिन्छ ?’

प्रतिक्रिया दिनुहोस्
MBL