Logo

कोरोनाका कारण अर्का एक पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

कोरोनाका कारण अर्का एक पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो



काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा आईतबार कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा विनोद बिन्दु शर्माले सूचना जारी गर्दै यसको पुष्टि भएको जानकारी दिएका हुन । यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

कोरोनाका कारण अर्का एक पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो


प्रतिक्रिया दिनुहोस्