काठमाडौं । सरकारले एन ९५ मास्कदेखि विभिन्न २८ ओटा बस्तुको मापदण्ड स्विकृत गरेको छ । गुणस्तर तथा नापतौल विभागले कोरोना जोखिम न्युनिकरणमा बढी प्रयोग हुने विभिन्न २८ प्रकारका मेडिकल सामग्रीको गुणस्तर मापदन्ड तय गरेको हो ।
विभागले तयार पारेको मापदन्डमा स्वास्थ्यकर्मीले लगाउने गाउनदेखि टाउजरसम्मको सामानको टेष्ट विधीदेखि हुनुपर्ने आधारभूत कुरा समावेश गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राजभट्टको अध्यक्षतामा बसेको नेपाल गुणस्तर परिषदको १ सय ४ औं बैठकले मेडिकल सामानको गुणस्तर सम्बन्धित मापदन्ड स्वीकृत गरेको छ।
यस्ता छन् मापदण्ड स्विकृत भएका २८ बस्तुहरु

