Logo

एमसीसी पास गर्ने कि नगर्ने ? निर्णय गर्न नेकपाले बोलायो सचिवालय वैठक

एमसीसी पास गर्ने कि नगर्ने ? निर्णय गर्न नेकपाले बोलायो सचिवालय वैठक



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का सम्बन्धमा देखिएको अन्यांैल हटाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।

एमसीसीका बारेमा छलफल गर्न बैठक सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै अर्को सचिवालय बैठक बोलाउने निर्णय गरेअनुरुप नै यो बैठक बोलाइएको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
MBL