Logo

गण्डकी प्रदेशमा विहानै थपिए ३८ नयाँ कोरोनाभाइरस संक्रमित, गण्डकीमा मात्रै संक्रमित ११३ पुगे

गण्डकी प्रदेशमा विहानै थपिए ३८ नयाँ कोरोनाभाइरस संक्रमित, गण्डकीमा मात्रै संक्रमित ११३ पुगे



काठमाडौं । गण्डकी प्रदेशमा आज बिहानै थप ३८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । स्याङ्जाका १४, गोरखाका १०, बागलुङका १० र नवलपरासीका ४ जना नयाँ संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा मात्रै एकै दिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँको भीरकोट नगरपालिकामा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ ।

बाग्लुङमा पनि थप १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । बागलुङको बडिगाड गाउँपालिकामा कोरोनाभाइरस संक्रमण देखिएको हो । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।

त्यस्तै, गोरखामा पनि एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गण्डकी नगरपालिकाका ९ जना र पालुङटार नगरपालिकामा एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

अब गण्डकी प्रदेशमा मात्र १ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा मनाङ र मुस्ताङ जिल्लामा मात्र अहिलेसम्म कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL