बिजखबर संवाददाता
१८ भदौं, काठमाडौं । एलपी ग्याँस आयात तथा ओसार पसार र बिक्रि वितरणमा शान्ति सुरक्षा दिन नेपाल एलपी ग्याँस उद्योग संघले आग्रह गरेको छ । आम उपभोक्तालाई सहज आपुर्ती व्यवस्था मिलाउन लागि शान्ती सुरक्षा दिन आग्रह गरेको हो ।
विगत २३ दिन देखि बिभिन्न समुह राजनैतिक दल तथा तिनका भातृ संगठनका नाममा भैरहेको बन्द हड्ताल जस्ता कार्यक्रमले आम नेपाली उपभोक्ताको दैनिकि सँग प्रत्येक्ष सरोकार राख्ने अत्यवाश्य एलपी ग्याँस आयातमा समस्या उत्पन्न भएको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
एलपी ग्याँस जस्तो संबेदनशिल पदार्थ समेतको आयात तथा उल्पादन र बिक्रि वितरण समेतलाई बंदेज लगाईंदा अवोध वालक, बृद्ध, तथा सुत्केरी र अशक्तलाई दवाई खुवाउन तातो पानी तताउने देखि दुध हर्लिक्स जस्ता अन्य खाद्य सामाग्री सेवन वा प्रयोग गर्नलाई समेत समस्या परेको संघको निष्कर्ष रहेको छ । बन्दका कारण बजारमा ग्यास अवभाव हुन सक्ने समेत संघले जानकारी दिएको छ ।