Logo

शनिबार एकै दिन थपिए ३२३ जना संक्रमित, थप २ जनाको निधन

शनिबार एकै दिन थपिए ३२३ जना संक्रमित, थप २ जनाको निधन



काठमाडौं । शनिबार थप ३२३ जना संक्रमित थपिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार मात्रै थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो । यो संगै थप संक्रमितको संख्या ३ हजार २३५ जना पुगेको छ ।

संक्रमितहुनेहरु मोरङ, सुनसरी, सप्तरी, नवलपरासी, बाँके, बर्दिया, कास्की, स्याङजा, बाग्लुङ, बझाङ, काठमाडौं, अछाम, कैलाली, डढेलधुरा, दैलेख, डोल्पा, सुर्खेत, जाजरकोट, सल्यान, रुपन्देही, अर्घाखाँची, भक्तपुर, धनुषा, कपिलवस्तु, महोत्तरी, रौतहट, सर्लाहीलगायतका जिल्लाका रहेका छन । संक्रमित जिल्ला ७० पुगेको छ ।

त्यस्तै उपचार पछि घर फर्कनेको संख्या भने ३२ जना रहेका छन । मन्त्रालयका अनुसार निको हुनेको कुल संख्या भने ३६५ जना पुगेको छ । त्यस्तै कोरोनाकै कारण २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा धनगढी ४ का एक जना महिला र डोल्पाका एक जना पुरुष रहेका छन । कोरोनाकै कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्