Logo

बढ्दैछ नेपालमा कोरोना, शनिबार रुपन्देही र कपिलवस्तुमा थपिए १४ जना

बढ्दैछ नेपालमा कोरोना, शनिबार रुपन्देही र कपिलवस्तुमा थपिए १४ जना



काठमाडौं । रुपन्देही र कपिलवस्तुमा थप १४ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देही ५ जना र कपिलवस्तुमा ९ जना गरि १४ जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो ।

रुपन्देहीका ५ जना मध्ये ओमसतिया गाउँपालिकाका १ जना, शुद्धोधन गाउपालिकाका २ जना, रोहिणी गाउंपालिकाका १ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका १ जना विरामीमा कोरोना पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुको विजयनगर गाउपालिकाका ५ जना र बुद्धभूमि नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्