Logo

शनिबार बिहान थपिए १७ जना सङ्क्रमित, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो

शनिबार बिहान थपिए १७ जना सङ्क्रमित, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो



काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमित पुष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार शनिबार संक्रमित पुष्टिहुनेहरुमा कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीका रहेका छन । थप संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ ।

संक्रमितहरु कास्की रुपा गाउँपालिकामा २३ र ३२ वर्षका २ जना र पोखरा महानगरपालिकाका ५९ वर्षिय एक पुरुष रहेका छन । स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २५, २३, ३२, ४४, ५२ र ५४ वर्षिय ८ जना पुरुष र हरिनास गाउँपालिकाका १८ र ४० वर्षका २ जना गरी १० थपिएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

बागलुङको ताराखोला गाउँपालिकाका ३९ वर्षिय पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षिय ३ जना पुरुषमा कोभिड–१९ पुुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन । सङ्क्रमितलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म ३ जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जानकारी दिएको छ । निको हुनेहरुमा बागलुङका दुई र लमजुङका एक जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्