Logo

कोरोना उपचार पछि साढे ३३ लाख मानिस घर फर्के, ज्यान गुमाउनेको संख्या ४ लाख नजिक (अपडेट)

कोरोना उपचार पछि साढे ३३ लाख मानिस घर फर्के, ज्यान गुमाउनेको संख्या ४ लाख नजिक (अपडेट)



काठमाडौं । ३३ लाख ४८ हजार ८६० जना कोरोना भाईरस संक्रमितहरु उपचार पछि घर फर्किका छन । कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार १४६ जना पुगेको छ भने हालसम्म संक्रमितको संख्या भने ६८ लाख ४४ हजार ७९६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या भने ५ हजार ३०९ जना रहेको छ भने मृत्यु हुनको संख्या थप ७ सय जना रहेको तथ्याङ्कमा उल्लेख छ । सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा १९ लाख ६५ हजार ७०८ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या ७ लाख ३८ हजार ६४६ जना रहेको छ । त्यस्तै मृत्यु हुनको संख्या भने १ लाख ११ हजार ३९० जना पुगेको छ ।

अमेरिका पछि बढी प्रभावित भएको ब्राजिलमा ६ लाख ४६ हजार ६ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या भने ३ लाख २ हजार ८४ जना रहेको छ । त्यस्तै मृतकको संख्या भने ३५ हजार ४७ जना रहेको छ ।

रसियामा संक्रमितको संख्या ४ लाख ४९ हजार ८३४, स्पेनमा २ लाख ८८ हजार ५८, बेलायतमा २ लाख ८३ हजार ३११, भारतमा २ लाख ३६ हजार १८४ जना, इटालिमा २ लाख ३४ हजार ५३१, पेरुमा १ लाख ८७ हजार ४००, जर्मनमा १ लाख ८५ हजार ४१४, टर्किमा १ लाख ६८ हजार ३४०, इरान १ लाख ६७ हजार १५६, फ्रान्समा १ लाख ५३ हजार ५५, चिलीमा १ लाख २२ हजार ४९९ जना र मेक्सीकोमा १ लाख १० हजार २६ जना संक्रमित रहेका छन ।

त्यस्तै सबै भन्दा बढी मृत्यु हुने देशहरुमा भने अमेरिकार ब्राजिल पछि स्पेनमा २७ हजार १३४, बेलायतमा ४० हजार २६१, इटालिमा ३३ हजार ७७४, फ्रान्समा २९ हजार १११ तथा मेक्सीकोमा १३ हजार १७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मेक्सीकोमा सबै भन्दा बढी ६२५ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्