Logo

शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २९१२ पुग्यो, मृतककको संख्या ११

शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २९१२ पुग्यो, मृतककको संख्या ११



काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । थप संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितहरु सुनसरी, झापा, मोरङ, अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही, सिन्धुली, बारा, तनहुँ, भोजपुर, कैलाली, अछाम, बझाङ, डढेलधुरा, रामेछाप, काभ्रेपलाञ्चोक, दैलेख, जुम्ला, हुम्ला, दोलखा, गोरखा, सुर्खेत, दाङ, धनुषा, गुल्मी, कपिलवस्तु, कास्की, महोत्तरी र रौतहटका रहेका छन ।

पछिल्लो २४ घण्टामा उपचार पछि घर फर्कनेको संख्या ४३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै घर फर्कनेको संख्या ३३३ जना पुगेको छ । २७२ जना पुरुष र ६१ जना महिला रहेका छन ।

सुर्खेतका २८ बर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । केही दिन अघिमात्रै भारतबाट आएको पुरुषमा संक्रमण देखिएको थियो । हालसम्म कोरोनाके कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्