Logo

निजी क्षेत्रलाई कोरोना परीक्षण गर्न दिने तयारीमा सरकार, इच्छुकसँग विवरण माग

निजी क्षेत्रलाई कोरोना परीक्षण गर्न दिने तयारीमा सरकार, इच्छुकसँग विवरण माग



एजेन्सी । सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षण गर्न दिने निर्णय गरेको छ । पीसीआर परीक्षणको स्वाब एक सातासम्म होल्ड हुन थालेपछि सरकारले निजी क्षेत्रलाई परीक्षण गर्न दिने भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार सूचना निकाली इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरुले आफनो परीक्षण क्षमतासहितको विवरण एक साताभित्र पेश गर्न आग्रह गरेको हो ।

योसँगै निजी प्रयोगशालाहरुले पनि पीसीआर परीक्षण गर्न पाउने भएका छन् । देशभर २० स्थानवाट पीसीआर परीक्षण हुँदै आएको छ । जसमा सबैभन्दा धेरै भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हुँदै आएको छ ।

टेकुमा दैनिक ४ हजार भन्दा बढी स्वाब आउने गरेपनि ल्यावको क्षमता १ हजार मात्र रहेको छ । जसका कारण परीक्षण एक सातासम्म होल्ड हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्