Logo

कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो, निको भएर घर फर्कनेको संख्या साढे ३२ लाख (अपडेट)

कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो, निको भएर घर फर्कनेको संख्या साढे ३२ लाख (अपडेट)



काठमाडौं । कोरोना भाईरस संक्रमितको संख्या ६७ लाख २ हजार ७६७ पुगेको छ । उपचार पछि घर फर्कनेको संख्या ३२ लाख ५१ हजार ६०८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार २१२ जना पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएको उक्त भाईरसले सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा १९ लाख २४ हजार ५१ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या ७ लाख १२ हजार २५२ जना रहेको छ । त्यस्तै मृत्यु हुनको संख्या भने १ लाख १० हजार १७३ जना पुगेको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिका पछि बढी प्रभावित भएको ब्राजिलमा ३४ हजार ३९ जनाले ज्यान गुमाईसकेका छन भने ६ लाख १५ हजार ८७० जना संक्रमित भेटिएका छन । उपचार पछि घर फर्कनेको संख्या भने २ लाख ७४ हजार ९९७ जना रहेको छ ।

रसियामा संक्रमितको संख्या ४ लाख ४१ हजार १०८, स्पेनमा २ लाख ८७ हजार ७४०, बेलायतमा २ लाख ८१ हजार ६६१, इटालिमा २ लाख ३४ हजार १३, जर्मनमा १ लाख ८४ हजार ९२३, पेरुमा १ लाख ८३ हजार १९८, टर्किमा १ लाख ६७ हजार ४१०, इरान १ लाख ६४ हजार २७०, फ्रान्समा १ लाख ५२ हजार ४४४, चिलीमा १ लाख १८ हजार २९२ जना र मेक्सीकोमा १ लाख ५ हजार ६८० जना संक्रमित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्