Logo

नेपालमा भयावह बन्दै कोरोना संक्रमण : एकैदिन ३३४ जना थपिए, मृतक संख्या १० पुग्यो (कुन प्रदेशमा कति संक्रमित)

नेपालमा भयावह बन्दै कोरोना संक्रमण : एकैदिन ३३४ जना थपिए, मृतक संख्या १० पुग्यो (कुन प्रदेशमा कति संक्रमित)



काठमाडौं । बिहीबार थप ३३४ जना संक्रमित थपिएका छन । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ जना पुगेको छ । जस मध्ये पुरुषको संख्या २ हजार ४५० जना रहेका छन भने १८४ जना महिला रहेका छन ।

भारतबाट नेपाली नागरिक भित्रने क्रमसँगै नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भेटिएका कोरोना संक्रमितहरु संक्रमितहरु बिराटनगर, मोरङ, सप्तरी, पर्सा, ताप्लेजुङ, झापा, बारा, सिन्धुली, रौतहट, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, डोटी, नेपालगञ्ज, कपिलवस्तु, दाङ, मुगु, दैलेख, खोटाङ, धनुषा, महोत्तरी र सर्लाहीका रहेका छन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८६७ जनाको पीसीआर परीक्षण गरेको थियो । जस मध्ये ३३४ जनाको रिर्पोट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले जानकारी दिएका छन ।

साथै कोरोना संक्रमणका कारण पाल्पाका ४५ बर्षिय पुरुषको निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रादेशिक विवरण अनुसार सबैभन्दा बढी २ नम्बर प्रदेशमा ९६३ जना, ५ नम्बर प्रदेशमा ८९८ जना, कर्णली प्रदेशमा ३८३ जना, १ नम्बर प्रदेशमा १९८, ७ नम्बर प्रदेशमा ८१ जना, बागमती प्रदेशमा ५९ र गण्डकी प्रदेशमा सबैभन्दा कम ५३ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्