Logo

मन्त्रिपरिषदकाे निर्णय, लकडाउनकाे माेडालिटी परिवर्तनको कार्ययोजना बनाएर पेश गर्न उच्चस्तरीय समितिलाई निर्देशन

मन्त्रिपरिषदकाे निर्णय, लकडाउनकाे माेडालिटी परिवर्तनको कार्ययोजना बनाएर पेश गर्न उच्चस्तरीय समितिलाई निर्देशन



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ । बैठकले लकडाउन मोडालिटीबारे २, ४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको अर्को बैठकले लकडाउनको मोडालिटी तय गर्ने छन । यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो ।

विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका थिए । सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै जेठ मसान्तसम्म पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL