Logo

उपत्यकाका तीनवटै जिल्लाका प्रजिअको निर्देशन, लकडाउन कडाइ गर्नू

उपत्यकाका तीनवटै जिल्लाका प्रजिअको निर्देशन, लकडाउन कडाइ गर्नू



काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी लकडाउनलाई थप कडाई गर्नै निर्देशन दिएका छन् । जनताले लकडाउनको अवज्ञा गर्न थालेसँगै काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको संयुक्त बैंठकले कडाइका साथ कलडाउन पालना गराउनु पर्ने निस्कर्ष निकालेका हुने ।

संयुक्त बैंठक पछि ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई उपत्यकाका तीन वटै जिल्लाले कडाइका साथ पालना गराउने निर्णय गरेको बताए । ‘सरकारको जेठ ३२ गतेसम्म जारी राखेको लकडाउनकोे अवज्ञा गर्ने छुट कसैलाई छैन भने हामीलाई पनि लकडाउन खुकुलो बनाउने अधिकार छैन,’ बैंठकपछि उनले भने ।

सरकारको निर्देशन बमोजिम जारी लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने समेत उनले जानकारी दिए ।

सरकारको निर्देशन विपरित उद्योगी, व्यापारी तथा सर्वसाधारले लकडाउनको अवज्ञा गर्न थालेसँगै तीनवटै जिल्लाका सीडीओहरुको संयुक्त बैंठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL