Logo

लकडाउन अवज्ञा गर्दै जताततै धमाधम पसल खुलेपछि सरकार तनावमा, उपत्यकाका तीन जिल्लाका सिडिओको आकस्मिक बैठक डाकियो

लकडाउन अवज्ञा गर्दै जताततै धमाधम पसल खुलेपछि सरकार तनावमा, उपत्यकाका तीन जिल्लाका सिडिओको आकस्मिक बैठक डाकियो



काठमाडौं । सरकारले मोडालिटीविनै लकडाउन जारी गरेको भन्दै स्वस्फूर्त रुपमा जनस्तरबाटै अवज्ञा सुरु भएसँगै सरकार अफ्ठयारेमा परेको छ । पहिलोपटक सरकारको निर्णयलाई चुनौती दिँदै जनताले आफ्ना व्यापार व्यवसाय आंशिक सुरु गरेका हुन् ।

अन्य दिनको तुलनामा बिहीबार काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन धेरै नै गुडिरहेका छन् । सातदोबाटो, चाबहिल, कोटेश्वर, ग्वर्को, थापाथलीमा ट्राफिक जाम देखिएको थियो ।

जनस्तरबाटै लकडाउनको अवज्ञा भएपछि सरकार संकटमा परेको छ । लकडाउनलाई कसरी कडाई बनाउने भन्ने विषयमा छलफल गर्न बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ ।

बैठकले राजधानीमा लकडाउनलाई कसरी प्रभावकारी बनाउने, नागरिकलाई कोरोना भाइरसको संक्रमण फैलिन नदिन कस्ता सुरक्षा सतर्कता अपनाउने भन्ने विषयमा छलफल गर्ने भएको छ ।

काठमाडौंका व्यापारी व्यवसायीले बिहानदेखि ११ बजेसम्म सबै बजार र पसल खोलेका छन् । काठमाडौं र ललितपुर महानगरले पनि बजार कसरी खुलाउने र कति समयसम्म खुलाउने भन्ने बारे नयाँ मोडालिटी बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL