Logo

बिहीबार बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या २३ सय १६ पुग्यो

बिहीबार बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या २३ सय १६ पुग्यो



काठमाडौं । बिहीबार बिहान गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार बिहान मात्रै थप १६ जनामा कोरोना पुष्टि भएको हो । थप संक्रमितसँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या ५४ पुगेको छ ।

संक्रमितहरु बाग्लुङ, पर्वत, म्याग्दी र स्याङ्जाका रहेका छन । संक्रमितहुनेहरुमा बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा ३३ बर्षिया महिला १ जना, बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष रहेका छन ।

त्यस्तै पर्वतको फलेबास नगरपालिका २१ बर्षिय २ जना पुरुष, बिहादी गाउँपालिकाका २४ र २८ वर्ष उमेरका २ जना पुरुष रहेका छन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षिय पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा १६ जना संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या २३ सय १६ पुगेको छ । २७८ जना निको भएका छन भने कोरोनाकै कारण ९ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्