बिजखबर संबाददाता
१४ भदौ,काठमाडौं । सर्च इन्जिन गुगलले आफ्नो लोगोमा सामान्य परिवर्तन गरेको छ ।
गुगल सर्चको विद्यमान लोगोको ठाउँमा गुगलले नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगोमा केही अक्षरको आकार तथा टाँचा परिवर्तन गरेको छ ।
मोबाइल डिभाइसबाट समेत गुगल प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरी परिवर्तन गरिएको बताइएको छ ।