Logo

सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्दा आक्रोश, दरबारमार्ग क्षेत्रका व्यवसाय लकडाउन अवज्ञा गदै आजबाट खुल्दैं

सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्दा आक्रोश, दरबारमार्ग क्षेत्रका व्यवसाय लकडाउन अवज्ञा गदै आजबाट खुल्दैं



काठमाडौं । करीब साढे दुई महिनायता जारी लकडाउनका कारण संकटतमा परेको भन्दै व्यवसायीहरु सडकमा ओर्लिन थालेका छन् ।

मंगलबार जोरापाटी र पुलचोक क्षेत्रका व्यवसायीले आफ्ना व्यवसाय खोलेर लकडाउनको अवज्ञा गरेकोमा अहिले देशैभर लकडाउनको विारेध गर्दै व्यवसायीले व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

यसैक्रममा ।सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित व्यावसायीहरुले राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसाय आजबाट सुरु गर्ने भएका छन् ।

दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको हो ।

एक व्यवसायीका अनुसार बुधबार सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने निर्णय भएको छ । सरकारले व्यवसायीलाइ कर तिर्न तोकता गरेको तर कुनै हितका प्याकेज नल्याएको र व्यापार व्यवसाय गर्न नदिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

बुधबार थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय समेत भएको जनाइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन ७२ दिन पुगेपछि धेरै क्षेत्रमा पसल खोल्न दबाब सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL