Logo

जुम्लामा ३ दिनसम्म लगाईयाे कर्फ्यु, पालना नगरे जेल र नगद जरिवाना

जुम्लामा ३ दिनसम्म लगाईयाे कर्फ्यु, पालना नगरे जेल र नगद जरिवाना



काठमाडौं । जुम्लामा कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि ३ दिनका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । जुम्ला जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको एक सुचनामा बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि (कर्फ्यु) जारी गरेको हो ।

भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा (कर्फ्यु) अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ ।

बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुने विज्ञप्तीमा उल्लेख छ । कसैले (कर्फ्यु) पालना नगरि अवरोध पुर्याएमा संक्रामक रोग ऐन २०२० विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन ऐन २०७४ र स्थानीय प्रशासन ऐन २०२८ लगायतका प्रचलित कानुन बमोजिम कारवाही गरिने सुचनामा उल्लेख छ ।

जुम्लामा मंगलबारसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफुल, तरकारी लगायतका पसलहरु खुल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL