Logo

लकडाउनकै बीचमा जेठ २५ गतेसम्ममा कर विवरण तथा कर बुझाउन सरकारको ताकेता, नबुझाए ब्याज र जरिवाना तिनुपर्ने

लकडाउनकै बीचमा जेठ २५ गतेसम्ममा कर विवरण तथा कर बुझाउन सरकारको ताकेता, नबुझाए ब्याज र जरिवाना तिनुपर्ने



काठमाडौं । सरकारले जेठ २५ गतेसम्ममा कर विवरण तथा कर बुझाउन ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन ताकेता गर्दै सूचना प्रकाशित गरेको हो । विभागद्धारा जारी सूचनामा जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने उल्लेख छ ।

नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो।

यस्तो छ सूचना  :

कर विवरण तथा कर बुझाउने सम्बन्धी सूचना

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण बाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णयानुसार देहाय बमोजिम थप गरिएको व्यहोरा विदितै छ । उक्त थप गरिएको म्याद भित्रै निम्नानुसारको विवरण र कर बुझाई शुल्क, थप दस्तुर, व्याज तथा जरिवानाबाट बच्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

(क) मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ जेष्ठ २५ गतेसम्म ।

(ख) अन्तःशुल्क ऐन, २०५८ बमोजिम २०७६ फागुन र चैत्र महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद २०७७ जेष्ठ २५ गतेसम्म

(ग) आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाको बुझाउनु पर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ साल जेष्ठ २५ गतेसम्म।

(घ) आयकर ऐन, २०५८ बमोजिम २०७६ चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिला गर्ने म्याद २०७७ जेष्ठ मसान्तसम्म ।

(ङ) आर्थिक ऐन, २०७६ को दफा ८ को उपदफा (२) बमोजिम २०७६ फागुन र चैत्र महिनाको शिक्षा सेवा शुल्क, दफा १४ को उपदफा (२) बमोजिमको टेलिफोन स्वामित्व शुल्क तथा दफा १५ को उपदफा (३) बमोजिमको दुर सञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद २०७७ जेष्ठ २५ गते सम्म ।

प्रतिक्रिया दिनुहोस्
MBL