Logo

नेपाल आउन नदिएको भन्दै भारतीय ट्रान्सपोर्ट एजेन्टको बिरोध, भन्सार जाँचपास बन्द गरिदिने चेतावनी

नेपाल आउन नदिएको भन्दै भारतीय ट्रान्सपोर्ट एजेन्टको बिरोध, भन्सार जाँचपास बन्द गरिदिने चेतावनी



काठमाडौं । भारतीय ट्रान्पोर्टर र क्लेयरिङ एजेन्टले नेपाल आउन नदिएको भन्दै काम बन्द गर्ने चेतावनी दिएका छन् ।

भन्सार क्लेयरिङ प्रक्रियाका लागि नेपालको भैरहवाको भन्सार कार्यालयमा आएर काम गर्न नदिइएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सारलाई भन्सार जाँचपासको प्रक्रिया रोक्ने चेतावनी दिएका हुन ।

भारतको सुनौली ट्रान्सर्पोट एन्ड क्लेयरिङ एसोसियसनले लेखेको पत्रमा भन्सार जाँचपास गर्न भैरहवा भन्सार कार्यालयसम्म आउन नपाउँदा अनेकन समस्या भएको जनाईएको छ । एजेन्टहरु नेपाल आउन नपाउँदा भारतबाट छुटेका गाडी नेपाली भन्सरमा २ देखि ३ दिन रोकिएको बताईएको छ ।

गाडीलाई भाडा दिन, नेपालमा भन्सार राजस्व जम्मा गर्न, नेपाल इन्टरमोडलको रसिद काट्न, भन्सारबाट गाडी निकाल्न र सामान जाँच गर्न धेरै समय लागेको संघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL