Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या पौने ४ लाख बढी, संक्रमितको संख्या ६३ लाख ६६ हजार पुग्यो (अपडेट)

कोरोनाबाट ज्यान गुमाउनेको संख्या पौने ४ लाख बढी, संक्रमितको संख्या ६३ लाख ६६ हजार पुग्यो (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसका कारण ३ लाख ७७ हजार ४३७ जनाको ज्यान गएको छ । तथ्याङ्क अनुसार हालसम्म उक्त भाईरस संक्रमितको संख्या ६३ लाख ६६ हजार १९७ जना संक्रमित देखिएका छन भने उपचार पछि घर फर्कनेको संख्या २९ लाख ३ हजार ६०५ जना रहेको छ ।

विश्वका २१३ देशमा फैलिएको उक्त भाईरसका कारण पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ३ हजार ८ सय ९७ जना रहेको छ भने मृत्यु हुनेको संख्या २८२ जना रहेको छ । उक्त भाईरसले सबै भन्दा बढी अमेरिका प्रभावित भएको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकामा संक्रमितको संख्या १८ लाख ५९ हजार ३२३ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ९२५ जना पुगेको छ । त्यस्तै उपचार पछि घर फर्कनेको संख्या भने ६ लाख १५ हजार ४१६ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । अमेरिका पछि दोस्रोमा रहेको ब्राजिलमा ५ लाख २९ हजार ४०५ जना संक्रमित रहेका छन ।

उपचार पछि घर फर्कनेको संख्या २ लाख ११ हजार ८० जना रहेका छन भने ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३० हजार ४६ जना रहेको छ । त्यस्तै स्पेनमा २ लाख ८६ हजार ७१८, बेलायतमा २ लाख ७६ हजार ३३२, इटालिमा २ लाख ३३ हजार १९७, भारतमा १ लाख ९८ हजार ३७०, फ्रान्समा १ लाख ८९ हजार २२०, जर्मनमा १ लाख ८३ हजार ७६५, पेरुमा १ लाख ७० हजार ३९, टर्किमा १ लाख ६४ हजार ७६९, इरान १ लाख ५४ हजार ४४५, चिलीमा १ लाख ५ हजार १५९ जना संक्रमित रहेका छन ।

त्यस्तै १० हजार भन्दा बढी ज्यान गुमाउने देशहरुमा अमेरिका र ब्राजिल पछि स्पेनमा २७ हजार १२७, बेलायतमा ३९ हजार ४५, इटालिमा ३३ हजार ४७५, फ्रान्समा २८ हजार ८३३, मेक्सीकोमा १० हजार १६७ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्