Logo

अर्थमन्त्री भन्छन्, कडा मेहनले मात्र देशको आर्थिक विकास हुन्छ

अर्थमन्त्री भन्छन्, कडा मेहनले मात्र देशको आर्थिक विकास हुन्छ


रामराजा श्रेष्ठ
0
Shares

bizkhabar_microbiologyबिजखबर संवाददाता
२९ कात्तिक, काठमाडौं । कडा मेहनत र परिश्रमबाट मात्रै देशले विकासको गति लिन सक्ने अर्थमन्त्री रामशरण महतले बताएका छन् । ‘साधन र स्रोतको परिचालन गर्न कडा सिर्जनशीलता, आविस्कार, नयाँपन, कडा मेहनत र स्पष्ट दृष्टिकोण आवश्यक पर्छ,’ माइक्रोबायोलोजी सम्वन्धी पाँचौ सम्मेलनको उद्घाटन गर्दै उनले भने,’ उनले भने, ‘आगामी दिनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेमा देशले उच्च आर्थिक बृद्धिदर हासिल गर्न सक्नेछ ।’
नेपाल क्षेत्रफलको हिसावले सानो भएपनि भौगोलिक रुपमा धेरै विविधता भएको र यसबाट धेरै फाइदा लिन सकिने उनको भनाइ थियो । साथै, कृषि र पर्यटन क्षेत्रमा बर्षेनी विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरेर श्रम बजारमा प्रवेश गर्ने युवाहरुलाई रोजगारी दिलाउन सकिने उनले जानकारी दिए । भौगोलिक विविधता र प्राकृतिक सम्पदाहरुको उपयोग गरी रोजगारी सिर्जना गर्न सकिन्छ । सरकारले पनि बजेटमार्फत नयाँ नयाँ कार्यक्रमहरुको घोषणा गरी रोजगारी प्रवद्र्धनलाई जोड दिँदै आएको छ ।

DSCN4957

देशमा जलस्रोतको भण्डार भएपनि राजनीतिकरणले अगाडि बढ्न नसकेको बताउदै जलबिद्युतको विकासका लागि विदेशी पुँजी आवश्यक रहेको जानकारी दिए । पुँजी र बजारको लागि सम्झौताहरु गर्नासाथ देशै बेच्यो भनेर हल्ला गर्ने प्रबृत्ति छ । यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ । हामीले धेरै पानी पुँजी निर्माण नगरी बगाइसकेको बताउँदै अव एकथोपा पनि पानी पुँजी निर्माण नगरी बग्न दिन नहुने उनले बताए ।
आधुनिक अर्थतन्त्रका लागि बिद्युत अपरिहार्य भएको चर्चा गर्दै उनले उर्जाको प्रवद्र्धनका लागि सरकारले सामयिक निर्णयहरु गर्न थालेको बताए । अहिले विश्वमा नै स्वच्छ उर्जाको बहस चलिरहेको छ,’ उनले भने, ‘नेपालसँग स्वच्छ उर्जा दिन सक्ने प्रचूर संभावना छ ।’

bizkhabar_biology 3
सूचना प्रविधिको विकासले कतिपय विलासी भनिने सामानको परिभाषा नै बदलिदिएको र ती आज आवश्यकताका बस्तु भएको उनको भनाइ थियो । यस्ता सामानको उपभोगका कारण पनि उर्जाको माग तीब्र भैरहेको र सरकारले पनि उर्जा प्रवद्र्धनलाई जोड दिँदै आएको छ । नेपालको हावापानीमा भएको विविधता र अनुकूलताका कारण गोल्फ, क्रिकेट जस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु, स्वास्थ्य सेवा, शैक्षिक प्रतिष्ठानहरुको स्थापना र बिस्तार गर्न सक्ने संभावना रहेको छ । यसका लागि सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । साथै, माइक्रोबायोलोजीका क्षेत्रमा काम गर्नेहरुले आफ्नो संभावनाको उजागर गर्न नतिजामुखी आकर्षक प्रस्ताव ल्याएमा सरकार सहयोग गर्न तयार रहेको उनले बताए ।
सो कार्यक्रममा नास्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालमा युवाहरुको आकर्षण बढ्दै गएको बताए । हाल विज्ञान र प्रविधिको क्षेत्रमा आवश्य जनशक्ति नेपालमै तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL