Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता, आजै सेना परिचालन हुन सक्ने

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता, आजै सेना परिचालन हुन सक्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सोमबार बिहान त्यहाँ पुगेका थिए। झण्डै १ घण्टा भएको कुराकानीमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा सेना परिचालन बारेको छलफल गरेको हुनसक्ने बताईएको छ ।

‘स्रोतका अनुसार प्रधानमन्त्री ओली कोरोना महामारीमा नेपाली सेना परिचालन गर्नेबारे छलफल गर्न शितल निवास गएका हुन्। यसै कारण सेना आजै परिचालन हुनसक्ने अवस्था रहेको स्रोतले जानकारी दिएको छ ।

नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL