काठमाडौं । प्रदेश–२ अन्तर्गतका विभिन्न जिल्लामा आज (आइतबार) ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् ।
रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जना रहेको जनाइएको छ ।
त्यसैगरी धनुषामा संक्रमति भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन् ।
त्यसैगरी सर्लाहीमा संक्रमित भएकामध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।