Logo

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कालिकोटमा १ दैलेखमा १७

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कालिकोटमा १ दैलेखमा १७



काठमाडौं । कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार उक्त प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमिण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । उक्त प्रदेशका कालिकोट र दैलेख गरी दुई जिल्लामा थप १८ संक्रमित देखिएका हुन्। जस मध्ये कालिकोटमा १ जना र दैलेखमा १७ जना संक्रमित थपिएको हो ।

यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितमध्ये २ सय १९ जना उपचार पछि घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्