Logo

लकडाउन थप १२ दिन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय, सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द

लकडाउन थप १२ दिन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय, सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द



काठमाडौं । सरकारले जारी लकडाउनलाई थप १२ दिन थप गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको हो ।

त्यस्तै सरकारले अन्तरराष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजनासमेत स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

मन्त्रीका अनुसार नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL