Logo

दैलेखका युवाकाे काेरानाबाटै मृत्यु भएकाे सामाजिक विकास मन्त्रालयकाे पुष्टि, मृतक संख्या ७ पुग्याे

दैलेखका युवाकाे काेरानाबाटै मृत्यु भएकाे सामाजिक विकास मन्त्रालयकाे पुष्टि, मृतक संख्या ७ पुग्याे



काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टानमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टानमा मृत्यु भएको थियो । भारतबाट फर्किएका उनी क्वारेन्टानमा बसेको १० दिन पछि मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले भने मन्त्रालयलाई हालसम्म कुनै जानकारी नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्