Logo

आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन बैठकका एजेन्डा

आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन बैठकका एजेन्डा



काठमाडौं । शनिबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुने बताईएको छ ।

बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने बताईएको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय बैठकले विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सिफारिस गरेको थियो । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्