Logo

आजै थपिए १ सय ८९ जना नयाँ संक्रमित, संक्रमितको संख्या १४०१ पुग्यो

आजै थपिए १ सय ८९ जना नयाँ संक्रमित, संक्रमितको संख्या १४०१ पुग्यो



काठमाडौं । शनिबार १८९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । थप संक्रमितसँगै संक्रमितको संख्या १४०१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले शनिबार मात्रै १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

संक्रमितहुनेहरुमा १८५ जना पुरुष रहेका छन भने ४ जना महिला रहेका छन । यस अघि सबै भन्दा बढी संक्रमित शुक्रबार भेटिएको थियो । शुक्रबार मात्रै १७० जना संक्रमित देखिएका थिए । संक्रमितहुनेहरु धनुषा, झापा, कपिलवस्तु, ललितपुर, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरी, रुपन्देही, दाङ, बारा, दैलेख र संखुवासभाका रहेका छन ।

हालसम्म संक्रमितहुनेहरुमा १२८८ जना पुरुष रहेका भने १३३ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै अहिलेसम्म कुल ६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । त्यस्तै शनिबार उपचार पछि घर फर्कनेको संख्या भने १३ जना रहेको छ । मन्त्रालयका अनुसार हालसम्म २१९ जना निको भएर घर फर्किसकेका छन । घर फर्कनेहरुमा १७२ जना पुरुष रहेका छन भने ४७ जना महिला रहेका छन ।

प्रतिक्रिया दिनुहोस्