Logo

पछिल्लो समय भेटिएका संक्रमित सबै भारतबाट भित्रिएका, शनिबार थप ९ जनामा कोरोना पुष्टि

पछिल्लो समय भेटिएका संक्रमित सबै भारतबाट भित्रिएका, शनिबार थप ९ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो समय नेपालमा देखिएका सबैजसो कोरोना संक्रमित भारतबाट भित्रिएका छन् । केहिदिन अघिसम्म संक्रमित वृद्धिदरको आँकडा सामान्य भएपनि पछिल्लो समय भारतबाट आउनेको संख्यामा वृद्धि भएसँगै संक्रमितको संख्या पनि सोहीअनुसार बढेको छ ।

प्रतिदिन १ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि हुनुको पछाडी भारतबाट आएका नेपालीको ठुलो हात रहेको विज्ञहरुले बताउँदै आएका छन् । भारतीय सिमानाकामा कडाई नगरिँदा या भारतीय सरकारले नेपालको नाकामा नेपाली कामदारलाई ल्याएर छोडिदिँदा यस्तो समस्या निम्तिएको पाईन्छ ।

यस्तै सप्तरीमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । आज फेला परेका नयाँ संक्रमित सबै भारतबाट आएका हुन् । उनीहरु १८ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् । जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्