Logo

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्