Logo

शुक्रबार एकैदिन थपिए १७० कोरोना संक्रमित, कुुल संक्रमित संख्या १२१२ पुग्यो (कुन जिल्लामा कति?)

शुक्रबार एकैदिन थपिए १७० कोरोना संक्रमित, कुुल संक्रमित संख्या १२१२ पुग्यो (कुन जिल्लामा कति?)



काठमाडौं, १६ जेठ । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको पुष्टि गरेको हो । ।

नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै निको भएर घर फर्कनेको संख्या २०६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै अर्घाखाँचीका एक ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यू भएको छ । योसँगै मृतककको संख्या ६ पुगेको छ । उनी भारतबाट नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्