Logo

अष्ट्रेलियामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने, खर्च सम्बन्धित आफैंले बेहोर्नुपर्ने

अष्ट्रेलियामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने, खर्च सम्बन्धित आफैंले बेहोर्नुपर्ने



काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिनलगायत खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले एक सूचना जारी गर्दै अष्ट्रेलियामा समस्यामा रहेकाहरुको प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ ।

साथै नेपाल जानु पूर्व पीसीआर टेष्ट गरेर कोरोना संक्रमण नभएको रिपोर्ट दूतावासमा बुझाउनुपर्ने समेत सूचनामा उल्लेख छ । अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्ने, १००४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएमा आइसोलेसन वा होडिङ सेन्टरमा लगिने बताईएको छ ।

नभए स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा १४ दिन बस्नुपर्ने छ । त्यहाँ टेष्ट गरेर निस्किएपछि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्