काठमाडौं । नेपाली सेनाका उपरथी शुरेस कुमार कार्कीमा कोरोनाभाइरस नेगेटिभ देखिएको छ । कोरोनाभाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएको हो ।
कोरोनाभाइरस नेगेटिभ देखिएपछि कार्कीलाई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोरोना अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो ।