Logo

बजेट विशेष : १० युनिट खपत गर्नेलाई विद्युत निःशुल्क, १५० युनिट खपत गर्दा २० प्रतिशत छुट

बजेट विशेष : १० युनिट खपत गर्नेलाई विद्युत निःशुल्क, १५० युनिट खपत गर्दा २० प्रतिशत छुट



काठमाडौं । बजेटमा विद्युत उपभोक्ताका लागि भारी छुट दिने घोषणा गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने घोषणा गरे । मासिक १५० युनिट बिजुली खपत गर्ने उपभोक्ताले २० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउने बजेटमा घोषणा गरिएको छ ।

त्यसका साथै, खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत शुल्क मिनाहा गर्ने र महशुलमा पनि सहुलियत दिने व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्