Logo

बजेट विशेष : सबै प्रकारको सामाजिक सुरक्षा भत्ता यथावत, ६६ अर्ब ५० करोड विनियोजन

बजेट विशेष : सबै प्रकारको सामाजिक सुरक्षा भत्ता यथावत, ६६ अर्ब ५० करोड विनियोजन



काठमाडौं । सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ५० करोड विनियोजन गरेको छ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सबै समाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् । आगामी आवमा ज्येष्ठ नागरिक मिलन केन्द्र वडासम्म विस्तार गर्ने सरकारी तयारी छ।

यसका लागि ६७ अर्ब ५० करोड बजेट छुट्याइएको छ। सबै स्थानीय जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र विस्तार गरिनेछ।

७० वर्षभन्दा माथिका ३ लाख नागरिकलाई स्वास्थ्य बिमा गरिनेछ । यस्तै दलित तथा विपन्न बाल संरक्षण अनुदानका लागि ३ अर्ब ७६ अर्ब विनियोजन गरिएको छ । यसबाट १३ लाख बालबालिका लाभान्वित हुने प्रक्षेपण अर्थमन्त्री डा खतिवडाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्