Logo

बजेट विशेष : विदेशी मुद्रा सञ्‍चिति ११ खर्ब ५६ अर्ब, निर्यात १२ प्रतिशतले बढ्यो

बजेट विशेष : विदेशी मुद्रा सञ्‍चिति ११ खर्ब ५६ अर्ब, निर्यात १२ प्रतिशतले बढ्यो



काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गरिरहेका छन्।

उनले बजेट प्रस्तुत गर्दै समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी गरेका छन् । खतिवडाले फागुनसम्म आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै कोरोनाका कारण अब चुनौती बढेको बताए। उनले विदेशी मुद्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको बताएका छन्।

त्यसैगरी निर्यात १२. ९ प्रतिशतले बढेको बताउँदै खतिवडाले आयात घटेको उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्