काठमाडौं । आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजेदेखि राजश्व र आयको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।
नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालको समृद्धिको मार्गमा धक्का पुगेको बताएका छन्।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले भूकम्पबाट उठेजस्तै कोरोनाबाट पनि लडेर सरकार अगाडि बढ्ने बताए।