Logo

बजेट विशेष : प्रत्येक प्रदेशमा ३ सय शैयाको सरुवारोग अस्पताल, स्वास्थ्यकर्मीलाई ५ लाखको बीमा

बजेट विशेष : प्रत्येक प्रदेशमा ३ सय शैयाको सरुवारोग अस्पताल, स्वास्थ्यकर्मीलाई ५ लाखको बीमा



काठमाडौं । सरकारले आगामी चालु आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै सबै प्रदेशमा ३ सय शैयाको सरुवारोग अस्पताल निर्माण गर्ने भएको छ ।

सरकारले आगामी चालु आवमा स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल निर्माण गर्ने र सबै स्वास्थ्यकर्मीको ५ लाखको बीमा गर्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट विनियोजन गर्दै तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट विनियोजन गरेको र स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको बताए । समग्र स्वास्थ्य क्षेत्रको लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्