Logo

भन्सार कार्यलयमा कर्मचारीको मनोमानी, ३० कर्मचारीसँग स्पष्टीकरण

भन्सार कार्यलयमा कर्मचारीको मनोमानी, ३० कर्मचारीसँग स्पष्टीकरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ भदौ,काठमाडौं । भन्सार विभागले चाडबाडको बहानामा आफ्नो जिम्मेवारी पूरा नगरेको तथा कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३० कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

रक्षा रक्षाबन्धनको बहनामा सरकारले तोकेको जिम्मेवारी पूरा नगरेको र सेवा प्रवाहमा लापरबाही गरेको भन्दै स्पष्टीकरण सोधिएको विभागका प्रवक्ता सूर्य सेढाईंले जानकारी दिए । उनका अनुसार शनिबार बिहान विमानस्थलमा उपसचिवको नेतृत्वमा ३४ कर्मचारी उपस्थित हुनुपर्नेमा ४ कर्मचारी मात्रै उपस्थित भएका थिए ।

विभागका महानिर्देशकसहितको टोलीले अनुगमन गर्दा ३४ कर्मचारीमध्ये तल्ला तहका ४जना मात्रै कर्मचारी कार्यस्थलमा उपस्थित रहेको पाइएको थियो । प्रवक्ता सेढाईंका अनुसार विमानस्थलमा बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा कर्मचारीको विभाजन गरी काम गराउने गरिएको छ ।

हरेक सिफ्टमा प्रमुख भन्सार अधिकृत (उपसचिव), भन्सार अधिकृत, नायब सुब्बा र खरदार गरी ३४ जना कार्यरत रहने गर्छन् । कर्मचारी नै अनुपस्थित भएपछि शनिबार बिहान टर्किस एयरबाट आएका यात्रुको जाँच गर्न समस्या पैदा भएको थियो ।

प्रवक्ता सेढाईंले कार्यालय समयमा अनुपस्थित भएका ३० कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० अनुसार कारबाहीका लागि स्पष्टीकरण सोधिएको जानकारी दिए । ‘चित्तबुझ्दो स्पष्टीकरण नआए कानूनबमोजिम अनुपस्थित कर्मचारीलाई विभागीय कारबाही हुन्छ उनले भने ‘कार्यस्थलमा उपस्थित नहुने र सेवा प्रवाहमा अवरोध खडा गर्नेलाई छुट दिन सकिँदैन ।’’

अनुगमनको क्रममा कार्यस्थलमा रहेका कर्मचारी पनि अधिकृत तहका कोही पनि नभएको, प्रमुख भन्सार अधिकृतलगायतका उच्च अधिकारीले कुनै जानकारी नगराएको पाइएको सेढाईंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL