Logo

२० अर्ब खर्च हुने विवादित सांसद विकास कोषले बजेटमा निरन्तरता पाउने, किन सुनेन सरकारले आलोचना ?

२० अर्ब खर्च हुने विवादित सांसद विकास कोषले बजेटमा निरन्तरता पाउने, किन सुनेन सरकारले आलोचना ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने सरकारको आगामी वर्षको बजेटमा जनस्तरबाट व्यापक आलोचना गरिएको सांसद विकास कोषले भने निरन्तरता पाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत सो कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रण र अर्थतन्त्र उकास्न खर्च गर्नुपर्ने बताउँदै सांसद विका कोष खारेज गर्न सुझाव दिएको थियो । यद्यपि सरकारले विवादित कार्यक्रम मानिएको सांसद विकास कोषलाई निरन्तरता दिने भएको छ ।

पछिल्लो समय निकै आलोचित सांसद विकास कोषलाई निरन्तरता नदिन स्वयं सांसदहरु, नागरिक समाज र आथिृक क्षेत्रका विज्ञहरुले आग्रह गर्दै आएका थिए । तर, अर्थमन्त्री खतिवडाले सरकारको चाहनाकमोजिम नै कोषलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

सांसदको तजबिजीमा खर्च हुने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ का लागि छुट्टयाइएको रकम सदुपयोग नभए, आफ्नो निहित स्वार्थका लागि प्रयोग हुने गरेको भन्दै यसको खारेजीका लागि आग्रह भइरहेको थियो ।

मुलुक कोरोना भाइरसको संकटमा परेका बेला अनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने अर्थमन्त्रीले बताइरहे पनि अनियमितता र दुरुपयोग भइरहेको सांस्द विकास कोषलाई निरन्तरता दिइनुलाई जानकारहरुले अनुपयुक्त निर्णय भनेका छन् । संघीयदेखि प्रदेशसम्मका सांसदका स्वार्थमा खर्च गरिने यस कोषमा राज्यकोषको करिब २० अर्ब रुपैयाँ सकिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्