Logo

बिहीबार बिहानै थप ८० जनामा भेटियो कोरोना संक्रमण, कुन जिल्लामा कति ?

बिहीबार बिहानै थप ८० जनामा भेटियो कोरोना संक्रमण, कुन जिल्लामा कति ?



काठमाडौं । प्रदेश २ मा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । यस्तै स्याङ्जामा ३ जना र दोलखाको भिमेश्वर नगरपालिकामा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ८१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्