Logo

बिहीबार एकैदिन १५६ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो (कुन जिल्लामा कति ?)

बिहीबार एकैदिन १५६ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो (कुन जिल्लामा कति ?)



काठमाडौं । बिहिबार एकैदिन १५६ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत बिहिबार हालसम्मकै उच्च १५६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

बिहिबार सबैभन्दा बढी केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ७७ जनामा पोजेटिभ पाइएको छ । उनीहरू मध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका १ जना रहेका छन ।

यसैगरी विपि कोइराला क्यान्सर अस्पताल धरानको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरू दुबै जना सप्तरीका रहेका छन । त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरू सबै झापाका रहेका छन । यस्तै भारतपुर अस्पतालमा भएको परीक्षणमा नवलपुरका एक जनामा पोजेटिभ देखिएको छ ।

त्यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू मध्ये बझाङका १ जना, सुर्खेतका १३ जना र दैलेखका ८ जना रहेको छन ।

मन्त्रालयका अनुसार प्रदेशिक प्रयोगशाला गण्डकीमा भएको परीक्षमाण ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु ३ जना नै स्याङ्जाका रहेका छन । त्यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशलामा गरिएको परीक्षणमा कैलालीका थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी किटजन्य केन्द्र हेटौडाको प्रयोशालामा भएको परीक्षणमा मकवानपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना पोजेटिभ देखिएका छन उनीहरू वर्दिया ३ र बाँकेका १ जना रहेका छन । यस्तै धुलिखेल अस्पतालको प्रयोगशाामा भएको परीक्षण गरिएको रौटहटका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ । हालसम्म ५ जनाको मृत्यु भएको छ भने १८७ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित मध्ये ९४० जना पुरूष र १०२ जना महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्